रुसमा पक्राउ परेकी बास्केटबल खेलाडीको रिहाइका लागि अमेरिकाको लेनदेन प्रस्ताव

 साउन २०, २०७९ शुक्रबार ११:२१:५० | एजेन्सी
unn.prixa.net

रुसमा पक्राउ परेकी ओलम्पिक विजेता अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरको रिहाइका लागि अमेरिकाले लेनदेनको प्रस्ताव गरेको छ ।

दुई पटक ओलम्पिक विजेता ग्राइनरले गाँजाको तेल बोकेको पाइएपछि लागुपदार्थ तस्करीको अभियोगमा रुसमा नौ वर्ष जेल सजाय तोकिएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले उनको रिहाइका लागि अमेरिकाले प्रस्ताव गरेको बताएका तर थप नखुलाएको बीबीसीले जनाएको छ ।

अमेरिकाले पक्राउ गरेका एक रुसी हतियार तस्करसँग ग्राइनरको साटफेर गर्न सक्नेगरी प्रस्ताव गरिएको हुनसक्ने अनुमान छ ।

३१ वर्षकी ग्राइनरले आफूले इमानदार गल्ती गरेको र कानुन उल्लङ्घन गर्ने नियत नभएको अदालतमा बताएकी थिइन् ।

विश्वकै उत्कृष्ट महिला खेलाडीको पहिचान बनाएकी ग्राइनर गएको फेब्रुअरीमा मस्को विमानस्थल नजिकबाट गाँजाको तेल भरिएको विद्युतीय उपकरणसहित पक्राउ परेकी थिइन् । उनी पक्राउ परेलगत्तै रुसले युक्रेनमा आक्रमण गरेको थियो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया