परराष्ट्र मन्त्रालयले भन्याे– ताइवान क्षेत्रमा उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेकाे छ

 साउन २०, २०७९ शुक्रबार १४:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीकाे ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेकाे बताएकाे छ । 

आज शुक्रवार सिंहदरबारमा आयाेजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सासले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सधैँ ‘एक चीन नीति’ को समर्थनमा रहेको पनि स्मरण गराउनुभयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो देशको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ ।

उहाँले भन्नुभयो, ‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सधैँ एक चीन नीति समर्थन गर्दै आएको छ । एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सधैँ अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’

परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै देशले सधैँ एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Subodh

    Aug. 5, 2022, 7:58 p.m.

    प्रतिक्रिया युक्रेन रुस मामिलाको जस्तै छिटो आउने विश्वास छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया