परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

 साउन २०, २०७९ शुक्रबार १४:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले आज शुक्रवार सिंहदरबारमा आयाेजना गरेकाे नियमित पत्रकार सम्मेलनमा यही साउन २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो । 

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँले भ्रमणमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताउनुभयो । 

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डाहरू पनि तय भइरहेको र भ्रमण सम्पन्न नभइ ती विषयहरू सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई देशबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया