मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ता आह्वान

 साउन २०, २०७९ शुक्रबार १८:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको आज शुक्रवार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदाे आइतवारदेखि दल दर्ता आह्वान गरेको आयोगले जनाएको छ । 

निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । 

सरकारले हिजो बिहीवार आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ । चुनावको मिति घोषणासँगै आजदेखि मतादाता नामावली सङ्कलन कार्य बन्द गरेर चुनावको तयारी तीव्र बनाएको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया