‘चिनियाँ सेनाले प्रहार गरेकाे एउटा क्षेप्यास्त्रले ताइवान टापु पार गर्‍याे’

 साउन २०, २०७९ शुक्रबार २०:१९:२५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनले आज शुक्रवार पनि ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार गरेको छ । आज दोस्रो पटक प्रहार गरिएको क्षेप्यास्त्रले ताइवान टापु पार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सैन्य सम्बद्ध राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्राध्यापक मेङ सियाङकिङले क्षेप्यास्त्र ताइवान टापु पार गरेको र यो पहिलो पटक भएको बताउनुभएको चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ । सेनाले अभ्यासका क्रममा लडाकु र बम वर्षा गराउने यन्त्रसहित एक सयभन्दा बढी युद्धविमान तथा १० भन्दा बढी विनाशक र युद्ध पोतहरू लगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ अभ्यासमा नौसेना, वायुसेना, रकेट फोर्स, रणनीतिक समर्थन बल र लजिस्टिक सपोर्ट फोर्सका सेनाहरू सहभागी छन् । चिनियाँ सेनाले मध्यरेखा पार गरेर अभ्यास गरिरहेका छन् । मध्यरेखा एक अनौपचारिक तर पालन गरिएको सीमा हो जसले ताइवान र चीनलाई अलग गर्छ ।

अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि हिजाे बिहीवारदेखि चीनले ताइवान वरिपरिको टापुमा सैन्य अभ्यास सुरु गरेको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया