थाइल्यान्डमा रात्रि क्लब र दक्षिण कोरियामा अस्पतालमा आगलागी हुँदा १९ जनाको ज्यान गयो

 साउन २१, २०७९ शनिबार ८:२०:४४ | एजेन्सी
unn.prixa.net

थाइल्यान्डमा रात्रि क्लब र दक्षिण कोरियामा अस्पतालमा आगलागी हुँदा १९ जनाको ज्यान गएको छ । यी घटनामा कम्तीमा ५६ जना घाइते भएका छन् ।

थाइल्यान्डकाे चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागीमा परि १४ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगलागीमा परेर १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

घटनास्थलबाट उद्धारकर्ताले १८ जनाको उद्धार गरेका थिए । यस्तै दक्षिण कोरियाको अस्पतालकाे भवनमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । कम्तीमा ४४ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा चार जना बिरामी र एक जना नर्स रहेका खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया