कोसी नदीमा पानीको बहाव बढ्दो : चतरामा बेलुकासम्म सतर्कता अपनाउन आग्रह

 साउन २१, २०७९ शनिबार १०:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज काेसी नदीमा पानीको बहाव बढ्न थालेको छ । सप्तकाेसीको चतरामा बहाव उल्लेख्य बढेकाले बेलुकासम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै काेसीका सहायक नदी  खाेला तमोर, त्रिवेणी, अरुण, सिम्ले, सुनकाेसी र हम्पचुवारमा पनि बहाव बढेको छ ।

पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ लमजुङ, दार्चुला र आसपास भइ बग्ने केही साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ। यी क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तल छ । भोलि काेसीको जलसतह केही बढ्ने अनुमान छ । यसअघि महाशाखाले बिहान सिन्धुपाल्चोकको मेलम्चीसहित केही ठाउँमा आकस्मिक बाढीको सूचना जारी गरेको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ निबु गाउँमा गएराति पहिरो समेत गएको छ । पहिराेले भोटेचौर–काउले सडक बन्द भएको छ । केही घर जोखिममा परेका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेकाहरु सुरक्षित ठाउँमा बसेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया