बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्य एकैपटक ५१ प्रतिशत भन्दा धेरैले बढ्यो

 साउन २१, २०७९ शनिबार १५:१२:२ | एजेन्सी
unn.prixa.net

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य एकै पटक ५१ प्रतिशत भन्दा धेरै बढेको छ । बंगलादेश सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य ५१ दशमलव ७ प्रतिशतले बढाएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यो वृद्धि सन् १९७१ मा देश स्वतन्त्र भएपछिको सबैभन्दा धेरै हो ।  ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार एक लिटर पेट्रोलमा ४४ टाकाले बढेर एक सय ३० टाका पुगेको छ ।  यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय १४ टाका कायम भएको छ । सरकारले अहिले पेट्रोलियम पदार्थमा दिइरहेको सहुलियतको बोझ कम गर्न मूल्यबृद्धी गर्नुपरेको बताएको छ ।  
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया