जङ्गली च्याउ खाँदा सल्यानमा एक जनाको ज्यान गयाे, तीन जना बिरामी

 साउन २१, २०७९ शनिबार १५:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सल्यान – विषालु जङ्गली च्याउ खाँदा सल्यानमा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका-४ साईलाकम्द निवासी दीर्घ बस्नेतको चार वर्षीया छोरी जोशना बस्नेतको ज्यान गएको हो । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

शुक्रबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा दीर्घ बस्नेतको घरका चाजना (श्रीमती र छोराछोरी) बिरामी भएका हुन् । बिरामी पर्नेहरुमा बस्नेतको ४० वर्षीया श्रीमती मीना, २५ वर्षीया छोरी पवित्रा र ९ वर्षीय छोरा जोन बस्नेत रहेको प्रहरीले जनाएको छ । सुरुमा घरका चारै जना बिरामी भएपछि शनिबार बिहान उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो । 

बिरामीको असस्था जटिल भएपछि जोशना र जोनलाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको थियो । तर उपचारको क्रममा जाेशनाकाे ज्यान गयाे भने जाेनकाे स्वास्थ्य अवस्थामा सुधार भैरहेको बताइएको छ । 
बिरामी अवस्थामा रहेकी आमाछोरी मीना र पवित्रालाई पनि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको सल्यान प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया