बीच सडकमा गाडी बिग्रिँदा कर्णाली राजमार्ग अवरुद्ध

 साउन २१, २०७९ शनिबार १७:५७:१७ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटकाे सुनार खोलामा गाडी बिग्रिँदा राजमार्ग अवरुद्ध भएकाे छ । ट्रकको एक्सल भाँचिएकाले राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट कालिकोट, जुम्ला र मुगुका लागि हिँडेका ट्रक तथा बस जीप बीच बाटाेमै राेकिएका छन् । खोल्सोमा भएको बलौटे माटो पानी पर्नासाथ बगाउने भएकाले त्यहाँ सधै सडक अवरुद्ध हुने गरेको छ । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । उहाँका अनुसार अहिले साना गाडीहरु पास भए पनि ठूला गाडीहरु भने पास हुन सकेका छैनन् । बिहानैदेखि सडक अवरुद्ध भएपछि यात्रुहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया