अबको ५ दिनभित्र सबै फोहर उठाइसक्ने काठमाण्डौ महानगरको दाबी

 साउन २१, २०७९ शनिबार १८:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सडकमा थुप्रिएको सबै फोहर पाँच दिनभित्रमा उठिसक्ने दाबी गरेको छ । एक हप्ता अघिसम्म दिनमा ६० देखि ८० टिप्पर फोहर सिसडोल पठाइरहेकोमा अस्ति बिहीबारदेखि भने दैनिक २ सय टिप्पर फोहर बोकेर सिसडोल गइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनु भयो ।

मौसमले साथ दिएमा यसरी नै फोहर उठ्ने र अबको पाँच दिनमा उपत्यकाको सबै फोहर उठिसक्ने उहाँले दाबी गर्नुभयो । महानगरपालिकाले सम्झौता अनुसारको काम नगरेको भन्दै भदौ १ गतेदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्न नदिने सिसडोलवासीको भनाइ छ नि ? भन्ने प्रश्नमा प्रवक्ता मानन्धरले महानगरपालिकामा आधिकारिक रुपमा यस्ता सूचना नआएको जानकारी दिनु भयो । सिसडोल बाहेक अर्को विकल्प नभएकाले फोहर व्यवस्थापनको अन्तिम विकल्प नै सिसडोल भएकाे उहाँकाे भनाइ छ । सिसडोलमा नै फोहर व्यवस्थापन गर्ने भन्दै सम्झौता गरेर महानगरले एक करोड रुपैयाँ रकम छुट्याएर लगानी गर्न थालेकाले फोहर व्यवस्थापन सिसडोलमा नै हुने प्रवक्ता मानन्धरले बताउनु भयो । 

 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया