अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा गरेको हवाई आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । घटनामा दुई सयभन्दा धेरै घाइते भएका छन् ।
ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । शुक्रवार इजरायलले प्यालेस्टाइनी इस्लामिक सङ्गठन (पीआईजे) विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । हिजो दोस्रो दिन पनि आक्रमणका घटना भएका छन् । हवाई आक्रमणमा पीआईजेका नेता तैसिर जबारीको ज्यान गएको इजरायलले दाबी गरेको छ ।
आक्रमणका कारण गाजापट्टीमा उपचार सेवा पनि प्रभावित भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले घाइतेहरूका लागि आकस्मिक सेवा सुनिश्चित गर्न सबै अस्पतालमा बहिरङ्ग सेवा र निर्धारित केही शल्यक्रिया समेतलाई रोकिएको जानकारी दिएका बीबीसीले जनाएको छ ।
यो इजरायल र प्यालेस्टाइनबीच एक वर्षभन्दा केही बढी समयमा भड्किएको सबैभन्दा गम्भीर घटना हो । सन् २०२१ को मे महिनामा भएको ११ दिने युद्धमा दुई सय प्यालेस्टिनी र केही इजरायली नागरिकको ज्यान गएको थियो । पछि सम्झौता गरेर युद्ध रोकिएको थियो।
इजरायली सेनाले यो पछिल्लो कारबाही एक हप्तासम्म चल्न सक्ने चेतावनी दिएको छ । इजरायलका प्रधानमन्त्रीले पीआईजेबाट जोखिम देखिएपछि कारबाही थालिएको बताउनुभएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।