बैंकहरुको नाफा बढ्यो : कुन बैंकको कति ?

 साउन २२, २०७९ आइतबार १३:४८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेको बेलामा पनि वाणिज्य बैंकहरूले नाफा कमाएका छन् ।

विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरुले उल्लेख्य नाफा कमाएका छन् । शनिवारसम्म २६ वटै वाणिज्य बैंकहरुले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले गएको आर्थिक वर्षमा २३ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् । सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको ५ अर्ब २१ करोड रुपैयाँ छ । यसैगरी ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड, नबिलले ४ अर्ब ९७ करोड, एनआईसी एसियाले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् ।

सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको १ अर्ब ३५ करोड छ । यस्तै सिभिल बैंकले १ अर्ब ३८ करोड, लक्ष्मी बैंकले १ अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ६३ करोड र बैंक अफ काठमाण्डाैले १ अर्ब ८१ करोड नाफा रुपैयाँले गरेको छ । सेञ्चुरी र सिभिलको नाफा वृद्धिदर भने सबैभन्दा बढी छ ।

अघिल्लो आर्थिक वर्षकाे तुलनामा सेञ्चुरीको १६२ र सिभिलको ११५ प्रतिशतले नाफा बढेको छ । कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ । कृषि विकासको नाफा २६ प्रतिशतले घट्दा हिमालयनको १७ प्रतिशत तथा सानिमाको १ प्रतिशतले घटेको छ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया