सूर्यविनायक–धुलिखेल सडक विस्तार चाँडै सुरु हुने, ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान

 साउन २२, २०७९ आइतबार १५:५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको सूर्यविनायकबाट काभ्रेको धुलिखेलसम्मको सडक नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गर्ने भएको छ । सुरुमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को सहुलियतपूर्ण ऋणमा सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना निर्माण भए पनि जाईकाले आयोजनाबाट हात झिकेपछि सरकारले आफ्नै लगानीमा निर्माण गर्ने भएको हो । 

जाईकाले यो सडक निर्माणमा २२ अर्ब रुपैयाँ लाग्ने बताएको थियो । तर नेपाल सरकारले आयोजनामा आठ अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै बहुवर्षीय ठेक्का अन्तर्गत अघि बढाउने निर्णय गरेको हो । सडक १६ किलोमिटर लामो हुनेछ । मुख्य सडक निर्माणका लागि ६ अर्ब रुपैयाँ, पुलका लागि एक अर्ब रुपैयाँ र अधिग्रहण गर्ने जग्गाको मुआब्जाका लागि एक अर्ब रुपैयाँ खर्च लाग्ने सडक विभागको अनुमान रहेको छ । सडकमा तार वटा पुल निर्माण हुनेछ ।  

यसअघि साँगामा सुरुङ निर्माण गर्ने योजना बने पनि अब सुरुङ निर्माणको विषय भने बन्द भएको विभागले जनाएको छ । सडक निर्माणका लागि १० दिनभित्रै डीपीआरको काम सकिने आयोजनाका प्रमुख रविन्द्रलाल दासले बताउनुभयो । यसअघि नै सूर्यविनायक– धुलिखेल, धुलिखेल–सन्धुली–बर्दिबास सडक आयोजनाले डीपीआरको मस्यौदा तयार पारेकाले त्यही डीपीआरलाई अध्ययन गरेर पूर्णता दिइने उहाँले जानकारी दिनुभयो । 

सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारका लागि चालु आर्थिक वर्षमा सरकारले ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया