१ हप्तामा १७ हजार चालक कारबाहीमा

जाँड–रक्सी खाएर गाडी चलाउने एक हजार ७४, लेन मिच्ने ६ सय ५९ जनामाथि कारबाही

 साउन २२, २०७९ आइतबार १७:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ट्राफिक प्रहरीले काठमाण्डाै उपत्यकामा एक हप्तामा १७ हजार चार सय ९३ जना चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई काठमाण्डाै उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो ।

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी कारबाहीमा पर्ने जाँड–रक्सी खाएर गाडी चलाउने छन् । यही साउन १५ देखि २१ गतेसम्ममा जाँड–रक्सी खाएर गाडी चलाउनेको सङ्ख्या एक हजार ७४ छ । 

ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ । जाँड–रक्सी खाएर गाडी चलाउने एक हजार ७४, लेन मिच्ने ६ सय ५९, रेड लाइटमा गाडी चलाउने पाँच सय ७४, जथाभाबी रूपमा नम्बर प्लेट बनाउने दुई सय ४२ र अन्य गरी १४ हजार नाै सय ४४ चालकलाई कारबाही गरिएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

तथ्याङ्कअनुसार शुक्रवार जाँड–रक्सी खाएर गाडी चलाउनेको सङ्ख्या सबैभन्दा बढी छ भने सोमवार सबैभन्दा कम छ । शुक्रवार जाँड–रक्सी खाएर गाडी चलाउने दुई सय ३२ तथा सोमवार एक सय १५ चालक रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया