चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाद्वारा आलोचना

 साउन २२, २०७९ आइतबार १६:१५:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाले चर्को आलोचना गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप लगाउँदै यस्तो कार्य रोक्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

चीनले अहिले गरेका गतिविधि उत्तेजनापूर्ण र अनुत्तरदायी रहेको ह्वाइट हाउसको भनाइ छ । चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास थालेको आज आइतवार चौथो दिन हो ।

अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ । पलोसीको भ्रमणलाई चीनले ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिइएको ठानेको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त भन्दै कुनै समय नियन्त्रणमा लिने बताइरहेको छ । ताइवान भने आफूलाई छुट्टै राज्य मान्छ ।

चिनियाँ जहाज र विमानहरूले मध्यवर्ती रेखा नाघेर विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवानी सेनाले चीनले आफूमाथि आक्रमण गर्न त्यसरी अभ्यास गरेको बताएको छ । चीनले आफ्नो सैन्य अभ्यासबारे टिप्पणी गरिसकेको छैन ।

पलोसीको भ्रमणबाट रिसाएको चीनले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणको प्रयासजस्ता केही महत्त्वपूर्ण विषयमा सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया