राष्ट्र बैंकले माग्यो नेपाली र अङ्ग्रेजी भाषा सम्पादक

 साउन २२, २०७९ आइतबार १६:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले भाषा सम्पादक माग गरेको छ । नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिकाअनुसार भाषाविद् (सम्पादक) हरूको सूची तयार गर्ने प्रयोजनका लागि बैंकले दरखास्त माग गरेको हो । इच्छुकले भदौको १० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

नेपाली भाषाविद्का लागि नेपाली भाषा मुख्य विषय लिइ कम्तीमा स्नातकोत्तर वा स्नातकोत्तरभन्दा धेरैको शैक्षिक योग्यता भइ एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ तथा व्यवस्थापन विषयमा स्नातक गरेको र भाषा विज्ञको रूपमा काम गरेकोलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अंग्रेजी भाषा विद्तर्फ अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेको र न्यूनतम पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । विद्यावारिधि र अर्थशास्त्र तथा बैंकिङ विषयमा स्नातक गरेकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया