अरिङ्गालले चिलेर रुकुम पश्चिममा १ जनाकाे ज्यान गयाे

 साउन २२, २०७९ आइतबार १८:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । अरिङ्गालले चिलेर त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनारको ज्यान गएको हो । 

तीन दिन अगाडि अरिङ्गालले चिलेका सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत हुनुहुन्थ्यो । 

साथीहरूसँग सल्यानको बाँफुखोलामा अरिङ्गाल झार्न गएको बेला उहाँलाई ५० वटाभन्दा धेरै अरिङ्गालले चिलेकाे थियाे । अरिङ्गालले चिलेपछि तीन दिनसम्म झुल्नेटामा रहेको स्वास्थ्य संस्थामा उपचार गर्दा ठिक नभएपछि उहाँलाई आज नेपालगञ्ज लगिँदै थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया