पहिरोले १८ घर जोखिममा

 साउन २२, २०७९ आइतबार १९:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिवार राति ठूलो पाखा पहिरोको रूपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर जोखिममा परेको हो । चार चार सय मिटर फैलिएको पहिरो झन्डै सात सय मिटर तल मेकु खोलामा थुप्रिएको छ । पहिरोका कारण बस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताउनुभयो । 

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ । उनीहरूको घरबाट झन्डै ५०/६० मिटरको दुरीमा पहिरो आइपुगेको छ । विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा छन् । विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा बार लगाइएकाे छ । पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको झन्डै दुई सय मिटर भाग बगाएको छ । 

दुई/तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकै बीच पहिरो गएको हो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया