ज्वाइँले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगाे लगाए

 साउन २२, २०७९ आइतबार १९:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

महाेत्तरी – महाेत्तरीकाे भङ्गहामा ज्वाइँले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका छन् । भङ्गहा नगरपालिका १ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका ८ का शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।

घरायसी विवादका कारण शंकरले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका हुन सक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जलेर घाइते भएका दुवै जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ । दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ ।  

आगो लगाएर हत्या प्रयास गरी बाहिरबाट चुकुल लगाएर सदा भारततर्फ भागेका छन् । गए राति हत्या प्रयास भएको भए पनि स्थानीयवासीले पछि मात्र थाहा पाएर घटनाबारे प्रहरीलाई जानकारी गराएका हुन् ।

वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान र हत्या प्रयास गर्ने सदाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया