आज विश्व आदिवासी दिवस, तनहुँका ६ पालिकामा सार्वजनिक बिदा

 साउन २४, २०७९ मंगलबार ७:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

आज विश्व आदिवासी दिवस । हरेक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष याे दिवस मनाउन थालिएको छ ।

यस वर्षको नारा 'आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका' तय गरिएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेका छन् । आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम हुँदैछ ।

‘आदि’ भनेको धेरै पुरानो अथवा ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका, आफ्नै विशिष्ट कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ । मानव सभ्यताको विकाससँगै बसाई–सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनीहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीरिवाजमा कमी आउन थालेको छ ।

यसैबीच, विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । शुक्लागण्डकी, भानु, व्यास  नगरपालिकासहित म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया