भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – यसपालिको मनसुनमा प्रि मनसुनको जस्तै गरी पानी परेको छ । मनसुनमा पनि प्रि मनसुनको जस्तै खण्ड खण्डमा पानी परेको मौसमविद्ले बताएका छन् ।
छोटो अवधिका लागि, निश्चित ठाउँमा पानी पर्ने र नजिकै अर्को ठाउँमा नपर्ने खालको गतिविधि अहिलेको मनसुनमा देखिएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो वर्षको मनसुनमा पानी पर्ने तरिका पनि फरक भएको छ । गएका वर्षहरुमा मनसुन सुरु भएको एक हप्तामै देशभर फैलिन्थ्यो । तर यो पटक देशभर फैलनका लागि १२, १३ दिन लाग्यो । त्यो पनि पूर्वमा मात्र सक्रिय भयो ।
तराई र पश्चिमी क्षेत्रमा लामो समय पानी नपरेर गर्मी निक्कै बढ्यो । पानी पार्ने मौसमी प्रणाली विकास भएको समयमा पनि कतै एकै ठाउँमा ठूलो वर्षा हुने र कतै पानी नै नपर्ने देखिएको उहाँले बताउनुभयो । कुनै एकै ठाउँमा मात्रै पानी परिरहेकाले बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका घटना बढेका उहाँले बताउनुभयो ।
यसैबीच आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले् बताएका छन् । विशेषगरी आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । बाँकी ठाउँमा भने सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । अबको केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।