पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा सिद्धेश्वर शिवालय मन्दिर (पाणिनि वेद विद्याश्रम)मा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल महिला संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सिद्धेश्वर शिवालय मन्दिरमा कार्यक्रम गरी त्यहाँ रहेका बटुक तथा ब्राह्मणहरुलाई भोजनका लागि २५ हजार १ सय ११ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएकोछ । कार्यक्रममा बटुकहरुले स्वस्तीवाचन पाठ गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मस्कान) जिल्ला सभापति केशव श्रेष्ठ लगायतले मन्तव्य राख्दै नेपालमा चलेका हरेक परिवर्तनका आन्दोलनमा महिलाहरुको भूमिका प्रमुख रहेको बताए ।
कार्यक्रममा पूर्व सभापति कमलप्रसाद भुसाल, उपसभापति विष्णु भुसाल, बाबुराम पौडेल, सचिव कृष्णप्रसाद खनाल, नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भूमि आयोगका अध्यक्ष यादव प्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधि लक्ष्मी श्रेष्ठ, चन्द्रा गैरे, जिल्ला सदस्य सूर्यप्रसाद भुसाल, नगर सभापति बाबुराम भुसाल, वडा अध्यक्ष माधव श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, जिल्ला उपाध्यक्ष सरिता भुसाल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष भरतमणि भट्टराई, पाणिनि वेद विद्याश्रमका गुरुहरु भेसराज चुँदाली, सुमन्तप्रसाद पोख्रेल, व्यवस्थापन समितिका कृष्णप्रसाद भुसाल, धार्मिक व्यक्तित्व भविश्वर पन्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल महिला संघका कार्यवाहक जिल्ला अध्यक्ष जानका बन्जाडेको अध्यक्षता, चन्द्रा गैरेका स्वागत मन्तव्य र सचिव छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।