चुनावका लागि एमालेले दल दर्ता गरायाे

 साउन २४, २०७९ मंगलबार १५:७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । 

महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले आज मङ्गलवार काठमाण्डाैकाे कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । संविधान र कानुनी व्यवस्थाअनुसार आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिनु भयो । उहाँले आफ्नो पार्टी दल दर्ता गरेसँगै निर्वाचनको तयारीमा पनि विधिवत् रूपमा प्रवेश गरेको बताउनुभयो ।

त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भइसकेको दल पटक–पटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रियासमेत दिनुभयो । यद्यपि हरेक निर्वाचनअघि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते आइतवारका दिन हुने निर्वाचन प्रयोजनका लागि यही साउन ३१ गते कार्यालय अवधिभित्र सबै राजनीतिक दललाई दल दर्ताका लागि आह्वान गरेको थियो । त्यहीअन्तर्गत एमाले महासचिव पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताले आयोग पुगेर दल दर्ता गराउनुभएको हो । 

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया