मलेसियामा अन्तिम रुप दिँइदै श्रम सम्झौताको मस्यौदा

 असोज १०, २०७५ बुधबार १४:२३:४७ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – उच्चस्तरीय छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधि मण्डल बुधबार मलेसिया प्रस्थान गरेको छ । असोज १२ मा हुने छलफलबाट दुई पक्षीय श्रम मस्यौदालाई अन्तिम रुप दिइने छ । 

छलफलबाटै सम्झौतामा हस्ताक्षर गर्ने मिति तय गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरन नेपाल आउनु हुने छ । नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नुहुनेछ । 

मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान गरिएको थियो । दुई पक्षबिच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति जुटाउँदै यसपटक अन्तिम रुप दिन लागिएको हो । 

नेपाली कामदार मलेसियामा रोजगारी गर्न जान थालेको १७ वर्षपछि पहिलो पटक श्रम सम्झौता हुन लागेको हो । श्रम सम्झौता हुन नसक्दा गन्तव्य देश मलेसिया नेपाली कामदारलाई अप्ठेरो पर्दा पन्छिँदै आएको थियो । 

मलेसियामा हुने छलफलमा नेपालका तर्फबाट श्रम मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीको संयोजकत्वमा सहसचिवहरुको तीन सदस्यीय टोली हुनेछ । टोलीमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व एसिया महाशाखा हेर्ने सहसचिव तापस अधिकारी र कानून मन्त्रालयका सहसचिव कविन्द्र गौतम रहनु भएको छ । 

मस्यौदामा नेपाली कामदारको सामाजिक सुरक्षाका विषयमा जोड दिइएको छ । सम्झौतामा २४ घण्टे बीमा र कामदार भर्ती गर्दाको खर्च खर्च रोजगारदाताले व्यहोर्नुपर्ने लगायत रहनेछन् ।

नेपाली कामदार मलेसियामा रोजगारी गर्न जान थालेको १७ वर्षपछि पहिलो पटक श्रम सम्झौता हुन लागेको हो । श्रम सम्झौता हुन नसक्दा गन्तव्य देश मलेसिया नेपाली कामदारलाई अप्ठेरो पर्दा पन्छिँदै आएको थियो । 

अब सम्झौता भएपछि मलेसिया र नेपाल सरकार कामदार प्रति जिम्मेवार बन्नेछन् । मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य देश हो । मलेसियाको गृह मन्त्रालयले राखेको रेकर्ड अनुसार झण्डै दुई लाख नेपाली त्यहाँ वैधानिक रुपमा कार्यरत छन् । 

श्रममन्त्री विष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार भएको भन्दै त्यहाँ जान रोक लगाएर मलेसियासँग सम्झौताका लागि पहल गर्नुभएको थियो । त्यसै कारण गएको जेठ २ गतेदेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन् । मलेसिया सरकारसँग मिलेर स्थापना गरिएको भिएलएन, जिएससी, वान स्टेप सेन्टर लगायतले कामदारबाट १९ हजार भन्दा धेरै अतिरिक्त शुल्क लिने गरेका थिए । 

अन्तिम अपडेट: चैत २, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

1 Comments

  • Jiban khati

    Sept. 29, 2018, 6:49 p.m.

    मलेसियामा श्रम कहिलेदेखि खुल्छ सर ? जानकारी पाउँ न है /

  •  0 Reply

तपाईको प्रतिक्रिया