प्रधानमन्त्री, अर्थमन्त्रीलाई मन लागे राष्ट्रिय गाैरवकाे आयाेजनामा राखाैँ भन्ने हुनुहुँदैन : तिमिल्सिना

 साउन २५, २०७९ बुधबार १३:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । 

आज बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभएको हो । उहाँले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति व्यक्ति स्वास्थ्य लाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ । कुनै पनि आयोजना ढिला हुँदा लागत बढिहाल्छ । त्यसको लाभ हामीले जे लिने हो त्यो ढिलो गरेर लिन्छौँ । मेलम्ची आयोजना पहिल्यै सकिनुपर्थ्याे । त्यस कारण आयोजना समयमै सक्नुपर्छ । समयमै काम सम्पन्न नभएका योजनाका बारेमा समितिले निगरानी राख्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरव भनिरहँदा त्यसको निश्चित परिभाषा, निश्चित अर्थ र महत्त्व हुनुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरूको मन परेको योजनालाई बनाउने कुरा हुन उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया