बालाजुको जुत्ता कारखानामा लागेको आगो निभ्यो, क्षतिको विवरण सङ्कलन हुँदै

 साउन २५, २०७९ बुधबार १४:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डाैकाे बालाजुमा रहेको एक जुत्ता कारखानामा लागेको आगो निभेको छ ।

बालाजु बाइपासको अन वर्ल्ड फुटवेयरमा आज बुधवार बिहान साढे ११ बजे सुरु भएको आगलागी दिउँसो २ बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । काठमाण्डाै र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सात वटा दमकलको प्रयासले आगो निभाइएको मैनालीले उज्यालोलाई जानकारी दिनुभयो ।

श्रीराम पाण्डेले सञ्चालन गरेको जुत्ता कारखानामा लागेको आगो निभाउनका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुखसहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० वटा निजी पानी ट्याङ्करको प्रयोग गरिएको थियो । 

विद्युत् शर्ट भएर कारखानामा आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया