सानिमा बैंकले आईएफसीबाट २ कराेड डलर ऋण प्राप्त गर्‍याे

 साउन २५, २०७९ बुधबार १६:४९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट दुई करोड डलर ऋण प्राप्त गरेको छ । ऋणबापतकाे रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिने बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा तरलता अभावको समस्यालाई मध्यनजर गर्दै गएकाे आर्थिक वर्षमै बैंकले आईएफसीसँग ऋण सम्झौता गरेको भए पनि चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि ऋण प्राप्त भएको बैंकले जानकारी दिएको छ । सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरूको पङ्क्तिमा आफूलाई उभ्याउन सफल भएको बैंकले जारी गरिकाे विज्ञप्तिमा भनिएको छ ।

आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फईले सानिमा बैंकमा गरिएको यो लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्ग्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको बताउनुभएको छ । ऋणपछिको नगद प्रवाहले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव समस्या घट्ने र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई पनि कम गर्न योगदान दिने बैंकको भनाइ छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया