दोलखाको सिंगटी क्षेत्रमा पछिल्लो ६ घण्टामा झन्डै ९६ मिलिमिटर पानी पर्‍याे

 साउन २५, २०७९ बुधबार १९:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – दोलखाको सिंगटी क्षेत्रमा पछिल्लो ६ घण्टामा झन्डै ९६ मिलिमिटर पानी परेको छ । दिउँसोदेखि भएको मुसलधारे वर्षा अहिले भने कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले त्यहाँ पानी पार्ने प्रणाली कमजोर भएर वर्षा कम हुँदै गएको र केही समयमा पानी पर्न रोकिने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । पहाडी क्षेत्रमा ठूलो वर्षा भएकोले पहिरोको जोखिम हुने हुँदा सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । 

यस्तै पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकोले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम बदली र पानी पर्ने क्रम बढेको महाशाखाले जनाएको छ । तर केही ठाउँबाहेक ठूलो पानी पर्ने स‍म्भावना भने कम रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया