युवा परिषद्ले आयोजना गरेको गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक

 साउन २६, २०७९ बिहिबार ७:५५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सन्देशमूलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार गजल प्रतियोगितामा डोटीका समिर ओझा पहिलो, खोटाङका विक्रम चेतनशील राई दोस्रो र कास्कीका संयोग बस्याल तेस्रो तथा झापाकी सरु आचार्य (दुलाल) ले सान्त्वना पुरस्कार जितेका छन् ।

सन्देशमूलक युट्युब भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे पहिलो, सुनसरीका तीर्थराज विश्वकर्मा दोस्रो र सुर्खेतकी प्रिशिला गिरी तेस्रो तथा कपिलवस्तुका खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरेका छन् ।

टिकटक प्रतियोगितामा काठमाण्डौकी काजोल कार्की पहिलो, नवलपरासीका आश्विन परियार दोस्रो, दाङकी मनिषा परियार तेस्रो र इलामका विनोद लोहारले सान्त्वना पुरस्कार जितेका छन् । प्रतियोगितामा पहिलो हुनेलाई ४० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।

भोलि मनाइने अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । परिषद्काअनुसार दिवसको अवसरमा भोलि काठमाण्डौमा हुने मूल समारोहमा विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया