गगनको प्रश्न : कांग्रेस सरकारमा भएकाे बेलामा यति धेरै काण्डहर...
मंसिर २४, २०८० आइतबार
सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ तरहीमा हिजाे भएकाे आगलागीबाट झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय वासुदेव सदाको गाईको गोठमा बालिएको घुरबाट सुरु भएकाे आगलागीले उहाँसहित केलु सदा, बिहारी सदा, प्रमोद राय, रामसुन्दर सदा ,सोभिया सदा, गाैतम सदा, चन्द नारायण सदासहितको घर पूर्ण रुपमा जलेकाे प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति भएकाे छैन तर झन्डै आधा दर्जन पशुचाैपाया जलेर मरेका छन्। स्थानीयवासी, सशस्त्र तथा जनपद प्रहरी र दमकलकाे सहयोगमा हिजाे नै आगाे निभाइएकाे प्रहरीले जनाएकाे छ।