आज गोरखा, लमजुङ र कास्कीमा बाढीको जोखिम

 साउन २६, २०७९ बिहिबार ११:१८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज गोरखा, लमजुङ र कास्कीका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज गोरखा, कास्की र लमजुङका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।

काेसी, नारायणी, महाकालीलगायत  ठूला नदीमा भने आज पनि पानीको सतक सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको  छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया