भक्तपुरमा आज मनाइयो जनैपूर्णिमा

 साउन २६, २०७९ बिहिबार १३:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।

गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएकाे भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल
उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ त्यही दिन नागरिकले पनि चाडपर्व मनाउने प्रचलन छ ।

तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवम् पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ । त्यहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो ।

आज (बिहीवार) जनैपूर्णिमा मनाइएको छ भने भोलि गाईजात्रा मनाउने जनाएको हो । भक्तपुरमा आजै जनै लगाउने, रक्षा बन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाउने छ। आज बिहानैदेखि पुरोहितसँग रक्षा बन्धन र नयाँ जनै लगाउने परम्परा छ । जनैपूर्णिमाको दिन रक्षाबन्धन बाँध्दा नकारात्मक तत्वबाट सुरक्षा प्रदान हुने विश्वास छ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया