रासायनिक मलकाे प्रयाेग कम गर्नुपर्छ : कृषिमन्त्री

 साउन २६, २०७९ बिहीबार १३:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने बताउनुभएकाे छ । बिहीवार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

रासायनिक मलका कारण बढी मात्रामा विदेशमा पैसा बाहिरिएको भन्दै नागरिकमा प्राङ्गारिक मलको प्रयोगको बारेमा सचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयाे, ‘रासायनिक मलमाथि नै किसान झुन्डिरहेका छन्, प्राङ्गारिक मलको प्रयोगको बारेमा हामीले जानकारी गराउन आवश्यक छ । प्राङ्गारिक मलको प्रयोग गर्ने हो भने पनि विदेशी मुद्रा सञ्चिति बढ्छ ।’

मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपाल कृषि प्रधान देश र धेरैजसो नागरिक कृषिमा आश्रित रहे पनि सरकारले कृषि क्षेत्रको प्रवर्द्धन र विकासका लागि आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । 

यसैबीच खाद्यका लागि कृषि अभियानले संविधानले व्यवस्था गरेअनुसार नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने कुरामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ आउनु अनिवार्य रहेको बताएको छ । ऐनमा भएका कतिपय व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा नियमावली नहुँदा अप्ठेरो भइरहेको भन्दै नियमावली तत्काल लागू गर्न पनि अभियानले माग गरेको छ । 

त्यस्तै प्राङ्गारिक कृषि प्रवर्द्धन आधारपत्रअनुसार प्राङ्गारिक कृषिको विकास गर्ने हेतुले प्राङ्गारिक उच्चस्तरीय आयोगले सिफारिस गरेका सुझावलाई मनन गरेर आवश्यक नीति बनाउन ध्यानाकर्षण गराएको छ । सङ्घीय सरकारले कृषि नीति नबनाएका कारण प्रदेश र पालिका सरकार अलमलमा परिरहेको भन्दै एकीकृत कृषि नीति निर्माणमा ध्यान दिन पनि आग्रह गरेको छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया