प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
ताइवान आफ्नै देशको भूमि भन्दै चीनले व्यापक सैन्य अभ्यास गरेपछि त्यसको जवाफमा ताइवानले पनि अभ्यास थालेको छ । गम्भीर चेतावनी र आपत्तिका बीचमा पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले एक हप्तासम्म ताइवान वरपरको क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो । चीनको अभ्यासको जवाफमा ताइवानले पनि आज बिहीवार लाइभ अभ्यास गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
ताइवानले युद्ध भएमा आफू तयार रहेको सन्देश दिन आज अभ्यास गरेको खबरमा उल्लेख छ । ताइवानको आठौँ आर्मी ब्याचका प्रवक्ता लोउ वोइ जेले आज रक्षात्मक अभ्यासको रूपमा पिङतुङ क्षेत्रमा अभ्यास गरिएको बताएका छन् । ताइवानले वास्तविक हतियार नै चलाएर अभ्यास गरेको थियो । तर ताइवानका एक सैनिक अधिकारीले भने आजको अभ्यास चीन लक्षित नभइ तोपखानको उचित व्यवस्थापन र मर्मत अवस्था जाँच्नका लागि भएको बताएका छन् ।
चीनले ताइवान आफ्नै भूमि भएको भन्दै हिजो बुधवार एक श्वेत पत्र प्रकाशन गरेको छ । ताइवानलाई स्वतन्त्र राज्यको दर्जा दिन खोज्नेहरू नष्ट हुने पनि चीनको चेतावनी छ । तर ताइवानले भने आफूलाई स्वतन्त्र राज्य दाबी गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।