क्वाँटी स्वास्थ्यको लागि फाइदाजनक

 साउन २७, २०७९ शुक्रबार ६:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ ।

क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट बचाउन र शरीरलाई शक्ति मिलोस् भनेर क्वाँटी खाने गरिएको हो । डाक्टरहरुका अनुसार क्वाँटी स्वस्थकर र पोषिलो खानेकुरा हो । टुसा उम्रेको डेगागुडीमा भिटामिन 'सी' र रेसा हुन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन र पाचन प्रणाली राम्रो गराउन सहयोग पुग्छ ।

पोषणविद् डाक्टर मनसा थापा कठुराठीका अनुसार क्वाँटीले मधुमेहका बिरामीको शरीरमा चिनीको मात्रा कम गर्छ र मुटुको रोग लाग्नबाट पनि बचाउँछ । यसले कब्जियत हटाउन, उच्च रक्तचाप र कोलेस्टेरोल नियन्त्रण, शारीरिक र मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

क्वाँटी खाँदा स्मरणशक्ति र सौन्दर्यता पनि बढ्ने जानकारहरु बताउँछन् । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेदका चिकित्सक डा. शेषराज आचार्य बताउनुहुन्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया