पाकिस्तानको आर्थिक पुन:उत्थान निरन्तर रहेको केन्द्रीय बैंकको दाबी

 साउन २८, २०७९ शनिबार १८:२०:३६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी आर्थिक पुन:उत्थानले निरन्तरता पाएको जनाएको छ । देशमा बालीको उत्पादन ठूलो परिमाणमा वृद्धि भएको, कर संकलनमा वृद्धि र निर्यात उत्साहजनक भएको केन्द्रीय बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि विश्व्यापी मूल्यवृद्धि, बढ्दो मुद्रास्फीति र चालू घाटाले पाकिस्तानी अर्थतन्त्रलाई चुनौती खडा गरेको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । कोभिड–१९ को सुधारिएको अवस्था र सशक्त खोप अभियानले ठूलो मात्रामा निर्वाध आर्थिक गतिविधिका लागि मार्ग प्रशस्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

केही क्षेत्रहरूमा कर कटौती, संघीय र प्रान्तीय विकास खर्चमा विस्तार, उच्च गैर–ब्याज चालू खर्चसहित वित्तीय उपायहरूले पाकिस्तानको आर्थिक वृद्धिलाई सहयोग पुर्‍याएको छ । यस अवधिमा निजी क्षेत्रको कर्जा वार्षिक रूपमा झण्डै चार गुणाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।   
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया