अत्यधिक चिसो र शीतलहरले तराई मधेशको जनजीवन प्रभावित
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा चुनावमा बहुमत आउनबाट रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरे पनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी समेत गर्नु भयो । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर समेत गर्नु भयो । सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै देश अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यति साह्राे गठबन्धन किन बनाउनु पर्यो ? आफ्नो आफ्नो चुनाव लडेर सरकार हुन्थ्यो तर उहाँहरुलाई एमालेले बहुमत ल्याइहाल्छ अनि सरकार के मिलेर बनाउने र । त्यसकारण एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास भएका छन् । यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।