रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध रहेको युक्रेनको टिप्पणी

 साउन २९, २०७९ आइतबार ९:८:२५ | एजेन्सी
unn.prixa.net

रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध रहेको भन्दै युक्रेनले टिप्पणी गरेको छ ।

युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रुसले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाउनुभएको हो ।

मन्त्री लआस्कोले आफ्नो देशमाथि रुसले आक्रमण सुरु गरेदेखि नै औषधि जस्तो अत्यावश्यक क्षेत्र र स्वास्थ्य सेवाको पहुँचमाथि प्रतिबन्ध लगाएको र यो निन्दाको विषय रहेको बताउनुभयो । उहाँले रुसले कब्जा गरेका ठाउँमा नागरिकको उपचार र स्वास्थ्य अवस्था दयनीय बनेको समेत बताउनुभएको छ ।

विगत ६ महिनाको युद्ध अवधिमा रूसले मानवीय करिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन । जसले गर्दा बिरामीलाई अनुदानका औषधि समेत उपलब्ध गराउन समस्या भएको मन्त्री लिआस्कोले बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।

युक्रेन सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरूलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ । तर युद्ध सुरु भएपछि अस्पताल र सडकलगायत थुप्रै पूर्वाधारको विनाश भएको छ । यसले स्वास्थ्य प्रणालीलाई भताभुङ्ग बनाएको छ । मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया