सलमान रुस्दीको स्वास्थ्यमा केही सुधार : भेन्टिलेटरबाट बाहिर निकालियो, बोल्न सक्ने

 साउन २९, २०७९ आइतबार ९:३८:३३ | एजेन्सी
unn.prixa.net

अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उहाँको स्वास्थ्यमा केही सुधार देखिएको र भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका सहयोगी एन्ड्रयु वाइलीले पुष्टि गर्नुभएको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । तर अरु थप विवरण दिइएको छैन ।

७५ वर्षका रुस्दीमाथि न्युयोर्कमा भइरहेको एक साहित्यिक कार्यक्रममा शुक्रवार छुरा प्रहार भएको थियो । ज्यान मार्ने प्रयास गरेको अभियोगमा २४ वर्षका हाडी मतारलाई अदालतमा उपस्थित गराइएको थियो । तर उनले हत्या प्रयासमा आफू दोषी नरहेको बताएका छन् । उनलाई जमानत विना थुनामा राखिएको छ ।

रुस्दीले आफ्नो उपन्यास ‘द सटानिक भर्सेस’का कारण वर्षौँदेखि ज्यान मार्ने धम्कीको सामना गर्नुपरेको छ । यस आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा व्यापक रूपमा निन्दा गरिएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया