नासाले पत्ता लगायो ‘सुपर अर्थ’ : पृथ्वीभन्दा ४ गुणा ठूलो

 साउन २९, २०७९ आइतबार १२:७:३७ | एजेन्सी
unn.prixa.net

अमेरिकी स्पेश एजेन्सी (नासा) ले नयाँ ग्रह पत्ता लगाएको छ । जुन पृथ्वीभन्दा ४ गुणा ठूलो छ । नासाले पत्ता लगाएकाे भनिएकाे ग्रह आकाश गंगाको बाहिरी सतहमा रहेको छ । वैज्ञानिकहरुले यसको नाम ‘रस ५०८ बी’ राखेका छन् । यसलाई उनीहरुले ‘सुपर अर्थ’ पनि भन्ने गरेका छन् ।

सौर्यमण्डल भन्दा बाहिर रहेको ग्रहलाई ‘एक्सोप्लानेट’ भन्ने गरिन्छ । त्यसकारण ‘रस ५०८ बी’ पनि एउटा एक्सोप्लानेट हो । यो ‘रस ५०८ बी’ एक्सोप्लानेट पृथ्वीभन्दा ३७ प्रकाश वर्ष टाढा छ । नासाका अनुसार यो नयाँ ग्रहले एउटा यस्तो तारालाई परिक्रमा गर्छ जसको द्रव्यमान (भार) सूर्यको पाँच भाग बराबरको छ । 

नयाँ ग्रहले परिक्रमा गर्ने ताराको नाम भने रेड ड्वार्फ हो । यो सूर्यको तुलनामा धेरै चम्किलो, रातो रङ भएको चिसो तथा कम प्रकाश भएको तारा हो । सुपर अर्थले यसलाई ५० लाख किलोमिटर टाढाको दूरीबाट यसलाई परिक्रमा गर्ने गर्छ । सौर्यमण्डलबाट सबैभन्दा नजिकको ग्रह बुध सूर्यभन्दा ६ करोड किलोमिटर टाढा छ । यसकारण पनि सुपर अर्थमा जीवन हुनसक्ने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् । 

सुपर अर्थ र रेड ड्वार्फबीचको दूरी धेरै कम भएका कारण सुपर अर्थलाई रेड ड्वार्फको परिक्रमा गर्न जम्मा १० दशमलव ८ दिनको समय लाग्छ । अर्थात यहाँ ११ दिनको १ वर्ष हुन्छ । पृथ्वीमा भने एक वर्ष ३ सय ६५ दिनको हुन्छ । 

‘रस ५०८ बी’ जापानको सुबारु स्ट्रेटेजिक प्रोगामले खोज गरेको पहिलो एक्सोप्लानेट हो । यसलाई सुबारु टेलिस्कोपले पहिला देखेको थियो । यसको प्रविधि जापानको एक्स्ट्रो बायोलोजी सेन्टरले विकास गरेको हो । 

नासाका अनुसार ‘रस ५०८ बी’ को सतह पृथ्वीभन्दा कडा हुनसक्छ । यसको कक्ष अण्डाकार भएकोले तारासँग यसको सधैँ समान दूरी रहँदैन । वैज्ञानिकहरु यस्ता ग्रहहरुले आफ्नो सतहमा पानी जमाएर राख्न सक्छन् । तर, यहाँ पानी अथवा जीवन छ, छैन भन्ने बारेमा भने थप अनुसन्धान गर्नुपर्ने हुन्छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया