अत्यधिक चिसो र शीतलहरले तराई मधेशको जनजीवन प्रभावित
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाैमा जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
आज आइतवार बिहान गरेको जाँचका क्रममा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका र उनीहरूमध्ये ६ जनाले जाँड–रक्सी खाएर स्कुल बस चलाएको पाइएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले आउँदा दिनमा समेत स्कुल बस चलाउनेहरूलाई ट्राफिक जाँच तथा ट्राफिक सचेतनाका कार्यक्रम नियमित गर्ने जनाएको छ ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउनको आठ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही तथा सचेत गराउने अभियान थालेको हो ।
यसअघि साउन १५ गते पनि ट्राफिक प्रहरीले जाँड–रक्सी खाएर स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।