'आईएमई पे' मा रेमिट प्राप्त गर्दा स्मार्टफोन जित्ने अवसर

 साउन २९, २०७९ आइतबार १७:३६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमईले 'घण्टी बज्यो' नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुई जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ । 

यही साउन २७ गतेदेखि सुरु भएकाे अफर भदाै १० गतेसम्म दुई हप्ताका लागि कायम हुनेछ । यो अफरमा हरेक हप्ता एक–एक जना भाग्यशाली विजेताले स्मार्टफोन जित्नेछन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया