आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड

 साउन ३०, २०७९ सोमबार ८:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज साउन महिनाको अन्तिम सोमवार, देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । 

आज काठमाण्डौको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचाे लागेको छ । साउन महिनाको हरेक सोमवार व्रत बसेका व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन् । साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अहिले काठमाण्डौको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको पनि घुइँचो छ ।

अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया