डाेटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

 साउन ३०, २०७९ सोमबार १२:३०:२० | विमल बिष्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डोटी - डोटीको सायल गाउँपालिकामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् ।

ठूलाे खोलाले बगाएर सायल गाउँपालिका–६ रउकल्ला बस्ने शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाले जानकारी दिएकाे छ । 

गोरु गोठाला गएको बेला स्थानीय परिगाउँको ठूलो खोलाले बगाउँदा उनी बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाका प्रमुख मानबहादुर रोकायाले बताउनुभयो । खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीका लागि अहिले स्थानीयवासीसहित प्रहरी टोली घटनास्थलमा खटिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया