सानिमाकाे ‘तीजकाे काेसेली’

 साउन ३०, २०७९ सोमबार १७:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ । साथै लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । यसैगरी पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ ।  

यो योजना २०७९ भदाै १ देखि १५ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ । साथै क्यासब्याक योजना २०७९ भदाै मसान्तसम्म लागू हुनेछ । 

सानिमा बैंककाे देशका सातै प्रदेशमा एक सय २७ वटा कार्यालय तथा एक सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया