इजरायलले कृषि क्षेत्रको लागि एक हजार नेपाली कामदार लिने

 साउन ३०, २०७९ सोमबार १६:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलले कृषि क्षेत्रको लागि पनि नेपाली श्रमिक लिने भएको छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि इजरायली राजदूत हनान गोदेरले यसबारे जानकारी गराउनुभएको हो ।

उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराउनु भएको हो । यसअघि इजरायलले केयर गिभरको लागि पनि नेपाली श्रमिक लिएको छ । केयर गिभरको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएका थिए । तिमध्ये केही गइसकेका छन् भने केही जान बाँकी छन् ।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिनुभयो । साथै उहाँले आगामी दिनमा पनि इजराय सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । मन्त्री कँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । 

त्यस्तै उहाँले अहिले थुपै नेपालीले इजरायल जान चाहेकाले छिटो भन्दा छिटो उहाँहरुलाई इजरायल लैजाने वातावरण बनाइदिन राजदूत गोदेरलाई अनुरोध गर्नु भयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

3 Comments

  • Ramesh Budhaair

    Aug. 18, 2022, 9:10 p.m.

    म कृषिको बिद्द्यार्थी , मलाई त्यहाँ जान मन छ /

  •  0 Reply
  • Basanta Bk

    Aug. 17, 2022, 10:24 a.m.

    Hello I m Basanta Bk . I m agricultural student . I recently pass 3 years course of agriculture . I m regular pass student . I have an experience about agriculture . I join ojt program also . I m searching for job which give me many chances. I hope you will give me quick response to me . Thank you

  •  0 Reply
  • Amir pakhrin

    Aug. 15, 2022, 6:34 p.m.

    Yas

  •  0 Reply

तपाईको प्रतिक्रिया