भर्चुअल मुद्राको कारोबार नगर्न राष्ट्र बैंकको पुनः चेतावनी

 साउन ३१, २०७९ मंगलबार ७:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, बिटक्वाइन, नेटवर्क मार्केटिङ्ग, हाइपर फण्डलगायतको कारोबार नगर्न चेतावनी दिएको छ ।

राष्ट्र बैंकले सूचना निकालेर नेपालमा कुनै पनि प्रकारका भर्चुअल मुद्राको कारोबार गर्नु गैरकानुनी रहेको पुनः स्मरण गराएको छ । क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल अर्थात कुनै भौतिक अस्तित्व नभएको मुद्रा हो। यसअघि पनि राष्ट्र बैंकले सूचना निकालेर पटक पटक सचेत गराएको थियो ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीलगायतले कानुनी मान्यता नपाएको, कारोबार वैध नभएको र कुनै पनि सुरक्षण नभएको राष्ट्र बैंकले जनाएको छ । यस्तो कारोबार जोखिम भएकाले कारोबार नगर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, सङ्घसंस्था र नेपालबाहिर बसोबास गर्ने नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म, कम्पनी, संस्था तथा शाखा कार्यालयले यस्ता अवैध कारोबार गरेको पाइएमा कानुनी कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया