काठमाण्डौमा 'प्लस टु' का विद्यार्थी लक्षित विशेष ट्राफिक अभियान, एकैदिन १ सय १८ जनालाई कारबाही

 साउन ३१, २०७९ मंगलबार ८:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाण्डौ उपत्यकामा प्ल टु का विद्यार्थीलाई लक्षित गरी विशेष ट्राफिक अभियान सुरु भएको छ ।

हिजोदेखि सुरु भएको अभियान बिहान ५ बजेदेखि ७ बजेसम्म चल्नेछ । अभियान सुरु भएको हिजो एकैदिन १ सय १८ जना विद्यार्थी कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये ६१ जनासँग सवारी चालक अनुमति पत्र लाइसेन्स नभएको पाइएको छ ।

यस्तै, सवारी दर्ता किताब बिलबुक नबोकी मोटरसाइकल चलाउने ३९, मोटरसाइकलमा तीन जना चढेको कसुरमा ७ जना र हेलमेट नलगाइ मोटरसाइकल चलाउने एक जनालाई कारबाही भएको छ । त्यसैगरी, अन्य ट्राफिक नियम पालना नगर्ने १० जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उनीहरुलाई कसुर अनुसार कारबाही हुनेछ । बढ्दो दुर्घटना रोकथाम गर्न र ट्राफिक नियमको पालना गर्न/गराउन विद्यार्थी लक्षित विशेष अभियान थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौमा प्लस टु पढ्ने उमेर समूहका व्यक्तिहरु धेरैजसो दुर्घटनामा पर्ने गरेको पाइए पछि त्यसलाई रोक्न भन्दै अभियान थालिएको हो ।

एसईई उत्तीर्ण पछि धेरैजसो विद्यार्थीलाई अभिभावकले मोटरसाइकल र स्कुटर किनिदिने प्रवृत्ति बढ्दो छ । लाइसेन्स नै नभइ मोटरसाइकल र स्कुटर चलाउँदा दुर्घटनाको जोखिम बढेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sanjeeb Subedi

    Aug. 16, 2022, 4:51 p.m.

    कम्पनी बाहेक अरु सबै नीजी सवारीसाधन बिशेष गरि मोटरसाइकल किन्दा नै लाइसेन्स भएको व्यक्तिले मात्र किन्न पाउने व्यवस्था हुनुपर्छ , यसोगरे धेरै हदसम्म दुर्घटना नियन्त्रण हुन्छ / चेकिंग कडा गरेको नै राम्रो , संगै काठमान्डौमा ट्राफिक बत्ती र लेन को मार्किंग छिटो होस् भन्ने अपेक्षा सबैको हो जस्तो लाग्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया