वामदेव र बाबुराम माओवादीको चुनाव चिह्न लिएर चुनाव लड्ने

 साउन ३१, २०७९ मंगलबार ११:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा  पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।

बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले भट्टराई र गौतमलाई आफ्नो चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथाैडामा चुनाव लड्नका लागि स्वीकृति दिएको बताउनु भयो । उहाँले दुवै नेताले राखेका केही सर्तहरुका बारेमा भने भोलि छलफल हुने बताउनु भयो । उहाँले नेता भट्टराई र गौतमले राखेको सर्तका बारेमा गठबन्धनभित्र पनि छलफल गरेर टुङ्गो लगाउने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बसेको छ । हामी भोलि बिहान फेरि बैठक बस्छौँ । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, अर्को पार्टीका बाबुराम कमरेडले हाम्रो नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट आउँदाे संसदीय चुनाव लड्ने विचार व्यक्त गर्नुभयो । त्यसको हामी स्वागत गर्दछौँ । हामी उहाँहरु दुवै जनालाई उहाँहरुका पार्टीका अन्य सदस्यहरुलाई पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न, हँसिया हथाैडामा चुनाव लड्नको निमित्त स्वीकृति गर्याैँ । उहाँहरुले राखेका केही सर्तहरु छन् । ती सर्तको विषयमा उहाँहरुसँग छलफल गर्ने, गठबन्धन भित्र पनि छलफल गरेर टुङ्गो लगाउने कुरा भएको छ ।’

माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक बुधवार बिहान बस्नेछ । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया